मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य सोमबारको बजारमा निर्धारित मूल्यलाई निरन्तरता दिएको हो…