नबिल बैंकका सिइओ ढुंगानाको कार्यकाल थप दुई वर्ष लम्बियो

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थप भएको छ । ढुंगानालाई बुधबार बैंकको सञ्चालक समितिको ६५७ औं बैठकले थप दुई वर्षको लागि सिइओमा नियुक्त गरेको हो । मिति २०७९/०३/१७ देखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त भएका ढुंगानाले अब २०८१/३/१७ देखि लागू हुने गरी थप २ वर्ष नेतृत्व सम्हाल्नेछन ।…