विदेशी लगानी प्रवर्द्धनका लागि नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ । नबिल बैंकले…