महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मीस्थान ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ । २०७७ कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका हुन् ।…