एनआइसी एशिया बैंकले भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही असोज मसान्तभित्र भुक्तान गरेमा ब्याजदर घटाइदिने भएको छ । बैंकले २०७७ कार्तिक १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने जनाएको छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट…