नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आइरन एण्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ । प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ ।…