विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको छ । जसले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढीकरण गर्ने बताइएको छ । आजकल सबैजसो व्यक्तिहरू स्मार्ट फोन र ल्यापटप जस्ता उपकरणहरू मार्फत भुक्तानी गर्न रुचाउँछन् थुप्रै नयाँ प्रयोगकर्ताहरूसँग भुक्तानी इकोसिस्टममा प्रवेश गरिरहेका छन् । भिजा विश्वासका साथ डिजिटल भुक्तानीलाई अँगाल्न नेपाललाई सहयोग…