प्रभु बैंकको शाखा संख्या ३०२ पुग्यो, पोखराको नयाँगाउँमा नयाँ शाखा

प्रभु बैंक लिमिटेडले पोखराको नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच उक्त शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा सञ्चालनमा आएको शाखा ३०२ औं शाखा हो । बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उक्त शाखाको औपचारिक सुरुवात गरेकी…