महालक्ष्मी विकास बैंकले श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम अछामलाई एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित विद्याश्रमलाई नगद सहयोग गरेको जनाएको छ । बिहीबार दरबारमार्गमा सम्पन्न एक…