फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी सकियो, फर्निचरमा आत्मनिर्भर हुने बाटोमा नेपाल

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए ।…