नेपाल क्लियरिङ्ग हाउसले आफ्नो अधिकृत पुँजी वृद्धि गरी ५० करोड पुर्याउने भएको छ । कम्पनीको कार्तिक २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले पूँजी वृद्धिका साथै लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।…