चीन बाहिर ह्वावेईका मोबाइल फोन विक्री ४० प्रतिशतले घट्यो

चिनियाँ प्रविधि कम्पनी ह्वावेईका संस्थापक रेन जेङ्फीले ह्वावेईका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय विक्री गत महिना ४० प्रतिशतले घटेको बताएका छन्। अमेरिकासँग उक्त कम्पनीको बढेको तनावका बिच कम्पनीका संस्थापकले त्यसो बताएका हुन्। कम्पनीको मुख्यालयमा बोल्दै रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताए। नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीहरूले…