उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ गएका राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेको हो । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायीक क्षेत्रमा…