बेनीमा चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा–७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग ३ करोड १९ लाखमा ठेक्का सम्झौता गरेको विकेश–दुप्चेश्वर–शुभम जेभीले पहिलो चरणमा नाली निर्माणको काम…