सरकारले कोरोना भाइरस डिजिज कोभिड–१९ बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए। राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक…