लगानी प्रवद्र्धनका लागि उद्योग दर्ता, खारेजी र कर भुक्तानी सहज बनाइनुपर्नेमा जोड

सरकारले लगानीमत्री वातावरण निर्माण गरेको बताउँदै आएपनि अपेक्षाअनुसार लगानी विस्तार हुन नसकिरहेको सन्दर्भमा लगानी विस्तारका लागि कानुनको एकीकरणको बहस सुरु भएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) समृद्धि फाउण्डेशनद्धारा सयुक्तरुपमा विहीबार ललितपुरमा आयोजित लगानी सुधारका लागि काननुहरुको एकीकरण विषयक अन्तरक्रियामा विज्ञहरुले लगानी प्रवद्र्धनका लागि प्रक्रियागत नीतिगत सुधारमा जोड दिए । कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष…