नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको नौ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३÷११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको छ । यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो ।…