बैंकका सीईओहरुको तलब घटाइने, संचालकहरुको भत्ताको मापदण्ड तोकिने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ ।

कोभिड-१९ को कारण मितव्ययिता कायम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, सञ्चालक समितिको वैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जूमा गर्ने भएको छ ।