काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २८९.९८ अमेरिकी डलर र चाँदी ६४.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









