हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६०.४८ अमेरिकी डलर र चाँदी ६३.४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।