मौद्रिक नीतिको कारणले बैंकको नाफा घट्दैन् – ज्ञानेन्द्र ढुगांना

0
Shares

नेपाल बैकर संघका पूर्व अध्यक्ष एंव नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनाले चालु आर्थिक वर्षको मौद्रिक नीति अपेक्षा अनुरुपकै आएको बताएका छन् । 

विगत लामो समयदेखि कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायीहरुले बैकरहरुले माग गरे अनुसारका विषयहरु समेटेकाले समष्टिगत रुपमा अपेक्षित नीति आएको छ ।

कोभिडको सम्पूर्ण नोक्सानी कुनैपनि मौद्रिक नीतिले सम्बोधन गर्न सक्दैन्, मौद्रिक नीतिले कोभिड १९ को असर रहेसम्म डिजिटल कारोबारमा सेवा शुल्क नलिने भनेको छ । यसबाट बैंकहरुको आम्दानी केही कम हुनसक्छ ।

तर, कर्जाको गुणस्तर कायम गर्ने, सावँ ब्याज तिर्ने कुरा र लोनलस प्रोभिजनको लागि प्रशस्त समय दिएको छ । यसकारण बैंकको समग्र नाफामा कमी आउँदैन, तर नगद लाभांश बाड्ने कुरामा केहि अंकुश लगाएको छ । समग्रमा मौद्रिक नीति राम्रो छ ।