महालक्ष्मी विकास बैंकका सीईओ लामिछानेकोे राजीनामा स्वीकृत

0
Shares

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले पदबाट दिएको राजीनामा बैंक संचालक समितिले स्वीकृत गरेको छ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले २ गतेदेखि नै लागु हुने गरी सीईओ लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

बैंकका अनुसार लामिछानेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ ।

तर, बैंक संचालक समिति र सिईओ लामिछानेबीच बैंकले प्रवाह गरेका केही कर्जाका बिषयमा खटपट परेपछि कार्यकाल पूरा नहुँदै राजीनामा दिएको स्रोतको भनाई छ ।

लामिछाने विं सं २०७४ कात्तिक २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रमा लामिछानेको तीन दशक लामो अनुभव छ।

नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका उनी महालक्ष्मी जानुअघि कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी त्यहाँ दुई कार्यकाल ८ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत भएका थिए।