लक्ष्मी र सनराइज बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

0
Shares

लक्ष्मी बैंक र सनराइज बैंकले साउन ५ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। लक्ष्मी बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर सार्वजनिक गरेको छ भने सनराइजले निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो ।

लक्ष्मी बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचत खातामा अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले १२ प्रकारका बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

यस्तै मुद्दती निक्षेपमा भने ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने बैंकले जनाएको छ। बैंकले सामान्य बचत खातामा ४ प्रतिशत, कल डिपोजिटमा २ प्रतिशत माथि र डलर खातामा ३ प्रतिशतसम्म ब्याज दिने भएको छ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन भनेपछि पछिल्लो समय सबैजसो बैंकहरुले बचत खाताको ब्याजदर पनि घटाउन थालेका हुन्।।

बैंकले कर्जामा प्रदान गर्ने ब्याजदरहरुमा आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। असार मसान्तसम्म बैंकको आधारदर ९.२३ प्रतिशत छ । जस अनुसार बैंकले १४ देखि १७ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिनेछ ।

सनराइज बैंक

यस्तै सनराइज बैंकले पनि साउन ५ गतदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा २ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैकले १० प्रकारका बचतमा २.५० प्रतिशत र ५ प्रकारका बचत खातमा ४ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागतमा ६.५० प्रतिशत तथा नवीकरण गर्ने केही बढी ब्याज दिने भएको छ। यस्तै डलर खतामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।