‘राम लक्ष्मण’को चित्र भएको एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

0
Shares

नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको १००० को नयाँ नोट निष्काशन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।