स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ निक्षेप र कर्जाको ब्याजदर

0
Shares

कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा असर पुगेपछि नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन भनेपछि पछिल्लो समय सबैजसो बैंकहरुले बचत खाताको ब्याजदर पनि घटाउन थालेका छन्।  यसै क्रममा शुक्रबारदेखि लागू हुने गरी दुई वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

नयाँ ब्याजदर अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदर ३ देखि ५ प्रतिशत बीचमा सीमित गरेको छ। चार्टर्डले स्पेशल सेभिङ्गमा ५ प्रतिशत, अन्य ४ प्रकारका खातामा ३.२५ प्रतिशत र दुई वटा खातामा ४.५० र साधारण बचतमा ३ प्रतिशत मात्रै ब्याजद दिनेछ।

त्यस्तै कुमारी बैंकले अधिकांश बचत खाताको ब्याजदर ३ प्रतिशतमा झारेको छ भने अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले १५ प्रकारका बचत खातामा ३ प्रतिशत मात्रै ब्याज दिने भएको हो। ३ प्रकारका खातामा भने ५ प्रतिशत ब्याज दिने भएको छ।

मुद्दती निक्षेपमा स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तीन महिना अवधिमा ५ प्रतिशत, ४ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत, र १ वर्ष र २ वर्ष अवधिका लागि ७.२५ प्रतिशत ब्याज दिने भएको छ। ३ वर्ष वा सोभन्दा बढीमा भने बैंकले ६.५० प्रतिशत ब्याज दिनेछ। कल निक्षेपमा भने बैंकले २ प्रतिशत मात्र ब्याज दिनेछ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ तीन महिना अवधिमा ५ प्रतिशत, ४ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत, र १ वर्ष २ वर्ष अवधिका लागि ६.५० प्रतिशत ब्याजदर दिनेछ।

नवीकरण हुने मुद्दती निक्षेपमा भने संस्थागत लगानीकर्ताले ६.६० प्रतिशत ब्याज पाउनेछन्। ३ वर्ष वा सोभन्दा बढीमा भने बैंकले ६ प्रतिशत मात्रै ब्याज दिनेछ। बिडिङ्गबाट लिइने संस्थागत मुद्दती निक्षेपमा ६.५० र नवीकरणमा ६.६० प्रतिशत ब्याज दिने भएको छ।

उता कुमारी बैंकले पनि तीन महिनादेखि २ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ७.२५ प्रतिशत, र २ वर्षभन्दा बढी अवधिको लागि ७.७५ प्रतिशत ब्याज दिने जनाएको छ। रिकरिङ्ग बचत खातामा ७.२५ प्रतिशत ब्याज दिनेछ।

संस्थागत मुद्दती निक्षेपतर्फ कुमारी बैंकले ३ महिना वा सोभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत र नवीबरण हुने मुद्दती निक्षेपमा थप ०.१० प्रतिशतका दरले ब्याज दिने जनाएको छ।

कर्जाको ब्याजदर

कुमारी बैंकले साउन ९ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदरमा आधार ब्याजदरअधिकतम ५ प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने जनाएको छ। बैंकले मुद्दती निक्षेप धितोमा प्रवाह हुने कर्जामा भने आधार ब्याजदर वा मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत प्रिमियम थप गर्दा जुन बढी हुन्छ सोही ब्याजदरमा कर्जा प्रवाह गरिने उल्लेख गरेको छ।

असार मसान्तमा कुमारी बैंकको आधार ब्याजदर १०.८० प्रतिशत र स्प्रेडदर ४.०७ प्रतिशत रहेको बैंकले जनाएको छ।

उता स्ट्याण्डर्ड चार्टर्डले पनि कर्जाको ब्याजदर परिमार्जन गरेको छ। बैंकले आधार ब्याजदरमा २ प्रतिशतदेखि कर्जाको प्रकृतिहेरि ७.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले आधार ब्याजदरमा ३ देखि ४.५० प्रतिशत प्रिमियम थप गरी ओभर ड्राफ्ट कर्जा, २.५० देखि ४.२५ प्रतिशतमा इम्पोर्ट फाइनान्स, २.५० देखि ४.२५ प्रतिशत प्रिमियम रेटमा छोटो अवधिको कर्जा, सवारी साधन र घरकर्जामा २.५० देखि ५ प्रतिशत प्रिमियम, व्यक्तिगत कर्जा ५ देखि ७.५० प्रतिशत, ग्रामीण प्राथमिक कर्जा ५ देखि ७ प्रतिशत, विपन्नवर्गा कर्जा २ देखि ४ प्रतिशत, मुद्दती निक्षेप धितोमा गरिने कर्जामा आफ्नै बैकमा रहे २ प्रतिशत र अन्य बैंकमा ३ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ।

असार मसान्तमा चार्टर्ड बैंकको आधार ब्याजदर ७ प्रतिशत र स्प्रेडदर ३.६३ प्रतिशत रहेको बैंकले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।