सनराइज बैंकभित्रको लफडा उत्कर्षमा पुगेपछि राष्ट्र बैंकको निगरानी

0
Shares

सनराइज बैकभित्र बैंक संचालक र व्यवस्थापनबीच लामो समयदेखि मौलाउदै आएको गुटबन्दी सतहमा आएपछि राष्ट्र बैंकले निगरानी बढाएको छ ।

बैंक संचालकहरुको मात्रै होइन उच्च व्यवस्थापन पनि विवादमा मुछिएपछि राष्ट्र बैंकले आइतबार छलफलका लागि डाकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

बैंकको विषयमा बाहिर धेरै हल्ला आएपछि सोधपुछका लागि आइतबार संचालक समिति र व्यवस्थापनलाई केन्द्रीय बैंकमा बोलाएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

नियामक निकाय भएकाले सनराइज बैंक भित्रको विवादका सन्दर्भमा बास्तविकता बुझ्न दुवै पक्षलाई बोलाइएको ति अधिकारीले जानकारी दिए ।

सञ्चालक समितिमा रहेको विवाद व्यवस्थापनसम्म पुगेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्भा पौड्यालले राजीनामा दिएको खबरहरु बाहिरिएपछि राष्ट्र बैकको ध्यान तानिएको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।