मर्जरपछि बलियो बन्दै तिनाउ मिसन, व्यवसाय विस्तारसँगै नाफामा बढोत्तरी

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक ०७६/०७७ को अन्त्यसम्ममा १९ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३८२ प्रतिशत बढी हो ।

गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको संचालन नाफा समेत १२ करोड ४५ लाख बाट बढेर २८ करोड पुगेको छ। बैंकको वितरण योग्य नाफा ११ करोड २९ लाख रुपैयाँ छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी २०७६ मंसिर २२ गतेदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको थियो।

यसअघि मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएर तिनाउ मिसन डेभलपमेण्ट बैंक बनेको थियो । सो लगत्तै नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता भएको थियो ।

१६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ६५ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको कर्जा, निक्षेप तथा ब्याज आम्दानीमा उल्लेखीय सुधार देखिएको छ। बैंकको कर्जा ४० प्रतिशत तथा निक्षेप ५१ प्रतिशतले बढ्दा २०० प्रतिशत ब्याज आम्दानी बढेको छ ।

एक अर्ब ८१ करोड चुक्ता पूँजी भएको बैंकमा जगेडा तथा शेयरधनीकोषमा गरी ४१ करोड बढी रकम छ। बैंकको आधारदर र कोषको लागत घटेको छ ।
जसको प्रतिशेयर आम्दानी १०।८५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२२।८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६।१२ गुणा छ। बैंकको खराब कर्जा भने ०।३४ प्रतिशतबाट बढेर १।५३ प्रतिशत पुगेको छ ।

राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।