राष्ट्र बैंकले आज १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो।

ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ। कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ।

यसअघि बैंकले यही साउन ५ गते पनि पाँच अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।