विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन बैंकर्स संघको आग्रह

0
Shares

नेपाल बैंकर्स संघले सोसियल मिडियामा प्राप्त भएको अनुरोधको आधारमा मात्र कुनै पनि व्यक्ति/कम्पनीको नाममा पैसा स्थानान्तरण नगर्न सबैमा अनुरोध गरेको छ।

संघले पछिल्लो समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरु भइरहेको प्रतिसचेत रहन पनि आग्रह गरेको छ ।

कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन गा्रहो हुने भएकोले सम्बन्धित व्यक्ति/कम्पनीसंग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनुहुन पनि अनुरोध गरेको छ ।

साथै, आफ्नो खातासम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङ्गसम्बन्धी विवरणहरु, आदि समेत कसैसंग शेयर नगर्न पनि संघले सर्वसाधारणको ध्यानकर्षण गराएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।