‘प्रभु बैंक डिबेन्चर २०८४’ मा आवेदन खुल्यो, कति पाइन्छ ब्याजदर ?

0
Shares

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा साउन १९ गतेबाट बिक्री खुला भएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गरेको हो।

कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ। 

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड छ। बैंकको ऋणपत्रमा साउन १९ गतेबाट छिटोमा साउन २३ र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्। । तर चालु आर्थि वर्षको मौद्रिक नीतिले भने ऋणपत्र जारी गनुपर्ने समय सीमा थप गरिदिएको छ ।

यस अघि प्रभु बैंकले गत कात्तिकमा दश वर्ष अवधिको ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।