महालक्ष्मी विकास बैंकको ५ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

महालक्ष्मी विकास बैंकले ५ लाख ९२ हजार ५२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ५ लाख ७३ हजार १८५ र १९ हजार ३३५ कित्ता शेयर बिक्रीका लागि बैंकमा छुट्टाछुट्टै निवेदन दिएपछि शेयर बिक्री गर्ने भएको हो।

उक्त शेयर खरिद गर्नका लागि बैंकका इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड, दरबारमार्ग काठमाडौंमा निवेदन दिन सक्ने बैंकले जनाएको छ ।

तोकिएको म्यादभित्र शेयर खरिदको निवेदन प्राप्त नभएमा प्रचलित कानुन अनुसार बिक्री गरिने बैंकको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।