काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार सेयरबजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा १६९ कम्पनीका सेयरमूल्य बढेका छन् भने ९३ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा १५ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् ।
आज ३४९ कम्पनीका १ करोड ३६ लाख १० हजार ८९९ कित्ता सेयर ३८ हजार ७६७ पटकमा ४ अर्ब ७० करोड ८२ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम बुधबारको तुलनामा बढेको हो । बुधबार ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, हिमालयन एभरेष्ट इन्सुरेन्स, लक्ष्मी उन्नति कोष, मञ्जुश्री फाइनान्स तथा रिडी पावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । वाणिज्य बैंक, उत्पादनशील तथा प्रशोधन, व्यापार तथा अन्य समूहको परिसूचक भने ओरालो लागेका छन् ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको आज २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।










