एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा एक अर्ब बढी रकमको आवेदन

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा सोमबार साँझसम्म एक अर्ब बढी रकमको आवेदन परेको छ । कम्पनीको आइपीओमा २ लाख ७४ हजार ५५१ जना लगानीकर्ताले आवेदन गरेका छन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार एक अर्ब ३ करोड ४८ लाख ६५ हजार रुपैयाँ बराबरको एक करोड ३ लाख ४८ हजार ६५० कित्ता शेयर माग गरेका छन ।

कम्पनीले सर्वसाधारणका लागि ३१ करोड ६० लाख १८ हजार ३ सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ साउन २०७७, सोमबार  १७ : ३९ बजे