एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा ३ लाख बढी आवेदन पर्यो

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा मंगलबार विहान १० बजे सम्ममा आवेदन गर्ने लगानीकर्ताको संख्या ३ लाख नाघेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार विहानसम्म ३ लाख १ हजार ४०० लगानीकर्ताले शेयर आवेदन गरेका छन् । उनीहरुले कुल एक अर्ब १० करोड ७० लाख ५६ हजार कित्ता शेयर माग गरेका छन् ।

क्यापिटलका अनुसार कम्पनीले सर्वसाधारणका लागि ३१ करोड ६० लाख १८ हजार ३ सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशन गरेकामा एक करोड १० लाख ७० हजार ५६० कित्ता शेयर माग आएको छ ।

कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।