काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३०६.५७ अमेरिकी डलर र चाँदी ६३.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया