सुनको भाउ तोलाकै एक लाख माथि, एकैदिन १६ सय रुपैयाँ बढ्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २१ गते बुधबार सुनको मूल्य १ लाख माथि पुगेको छ । महासंघका अनुुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ, तेजावी १ लाख ९०० रुपैयाँ तथा चाँदी १ हजार २९५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय तथा चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ, तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रभन्दा सुन रोजाइमा पर्नु, बजेट मार्फत बढाइएको भन्सारदरका कारण पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण रहेको जानकारहरु बताउँछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।