उद्योग व्यवसायको कर्जा सम्पत्ति अनुपात उच्च, वित्तीय स्थायित्व जोखिममा

0
Shares

उद्योग व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात उच्च भएपछि वित्तीय स्थायित्वमा असर पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले अहिले उद्योग व्यवसायहरुको कर्जा सम्पत्ति अनूपात करिब ४९ प्रतिशत रहेको हुनाले त्यसको असर वित्तीय क्षेत्रमा पर्ने जनाएको हो ।

केन्द्रीय बैंकले कोरोना भाइरसका कारण उद्योग धन्दामा परेको असरको विषयमा गरेको अध्ययन प्रतिवेदनका अनुसार उद्योग ब्यवसयाको औसत कर्जा सम्पत्ति अनुपात ४८.७ प्रतिशत रहेको देखिएको हो ।

उद्योग व्यवसयाको उच्च कर्जा सम्पत्ति अनुपात हुनु भनेको कमजोर पूँजी संरचनामा सञ्चालनमा रहेको देखिन्छ। उद्योगहरुले आफ्नो सम्पत्तिभन्दा पनि कर्जामा उद्योग व्यवसाया संञ्चालन गरेको स्पष्ट हुन्छ ।

रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप क्षेत्रमा यस्तो अनुपात सबैभन्दा धेरै ६०.१ प्रतिशत र सञ्चार क्षेत्रमा सबैभन्दा कम ३७.५ प्रतिशत रहेको पाइएको छ।

अध्यययन प्रतिवेदनअनुसार उद्योग/व्यवसायको आकारअनुसार मझौला उद्योग/व्यवसायमा सबैभन्दा धेरै ५५.९ प्रतिशत र घरेलु उद्योगमा सबैभन्दा कम ४२.३ प्रतिशत कर्जा सम्पत्ति अनुपात रहेको देखिएको छ । घरेलु उद्योग र साना उद्योग/व्यवसायहरुमा यस्तो अनुपात राष्ट्रिय औसतभन्दा कम र बाँकीमा औसतभन्दा धेरै रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुको कर्जा सम्पत्ति अनुपात औसतमा ४८.७ प्रतिशत रहेको देखिएको छ । उच्च कर्जा सम्पत्ति अनुपातले कमजोर पूँजी संरचनाको अवस्थालाई इङ्गित गर्छ । अर्थतन्त्रका अधिकांश क्षेत्रमा कर्जा सम्पत्ति अनुपात झण्डै आधा देखिनुले वास्तविक अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको प्रत्यक्ष असर वित्तीय क्षेत्र स्थायित्वमा सहजै पर्न सक्नेतर्फ संकेत गर्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।