राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग माग्यो सरकारी खाताको विवरण

0
Shares

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सरकारी खाताको विवरण माग गरेको छ । केन्द्रीय बैंकले वैदेशिक सहायता प्राप्ति खाताहरु विशेष खाताहरुको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले विशेष खाताको विवरण माग गरेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण माग गरेको हो ।

साथै केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका २०७६ मा भएको व्यवस्था बमोजिम नियमित रुपमा उपलब्ध गराउनुपर्ने प्रतिवेदन बुझाउन पनि भनेको छ ।

साथै प्रतिवेदनमा छुटेका, स्वीकृति बिना संचालनमा रहेका नेपाल सरकार, विभिन्न मन्त्रालय अन्तर्गतका आयोजनाहरु तथा नेपाल विद्युत प्राधिकरण जस्ता सरकारी निकायहरुको क वर्गको खाता समूहअन्तर्गत रहनुपर्ने खाताको विवरण समेत माग गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।