नेप्सेमा ४ कम्पनीको ३ करोड १७ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ४ वटा कम्पनीको ३ करोड १७ लाख ४२ हजार २५३ कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कुमारी बैंक लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको हो ।

जसमध्ये कुमारी बैंकले २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता शेयर सूचीकृत गरेको छ। बैंकले प्राप्ति गरेको देव विकास बैंक तर्फको शेयर कुमारी बैंकको नाममा सूचीकरण गराएको हो ।

यसैगरी, एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको ११ लाख ८४ हजार ४७२ दशमलव ५० कित्ता बोनस शेयर, ग्लोबल आइएमई लघुवित्तको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता बोनस शेयर र प्रभु इन्स्योरेन्स कम्पनीको ५ लाख ११ हजार ९८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति: २२ साउन २०७७, बिहीबार  १८ : ०२ बजे