सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, तोलाकै एक लाख ३ हजार ५ सय रुपैयाँ

0
Shares

नेपाली बजारमा सुनको मूल्यले दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्म कै उच्च अर्थात प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य समेत हालसम्मकै महङ्गो भएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ, तेजावी १ लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ तथा चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो।

 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।