एनआइबिएल समृद्धि फन्ड–१ (NIBSF1) को लाभांश घोषणा भएको छ।
फण्डको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडको साउन २३ गते बसेको सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइबिएल समृद्धि फण्ड-१ का इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रूपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।
एनआइबिएल समृद्धि फन्ड–१ ले आफ्ना इकाइधनीलाई आर्थिक वर्ष २०७५/७६ बाट ६.५० प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा पनि १२ प्रतिशत नै लाभांश वितरण गरेको थियो। सो भन्दा अघिल्लो आव २०७३/०७४ मा १८ र २०७२/०७३ बाट १५ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भई कारोबार हुँदै आइरहेको सो फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया