उपत्यकामा आइतबारदेखि १५ दिन सटडाउन, जिप्रकाबाट के-के पाइन्छ सेवा ?

0
Shares

शुक्रबार सम्पन्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका दुई साताका लागि सटडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो ।

यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन । काठमाडौँ उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने गरिने भएको छ ।

काठमाडौंमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

जिप्रकाबाट प्रदान हुने सेवाहरुमध्ये अत्यावश्यकीय सेवाहरु सुरक्षा सम्बन्धी, ठाडो निवेदन र उजुरी, मुद्दा, सवारी पास, र विपद् व्यवस्थापन सम्बन्धी रहेका छन्। नयाँ नागरिकता र प्रतिलिपि वितरण, हातहतियार, संस्था दर्ता।नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग नवीकरण, र अन्य अत्यावश्यक नभएका सेवाहरु बन्द हुनेछन्।