शनिबार थप ३७८ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

0
Shares

नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । शनिबार काठमाण्डौंमा ५६ जना,ललितपुरका ३ जना र भक्तपुरका ३ जना संक्रमित थपिएका छन् । शुक्रबार ४६४ जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार थप ३ जनाको मृत्युसँगै मृतकको संख्या ७३ पुगेको छ । शनिबार थप ४९९ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै १६ हजार ३१३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार २७९ जनामा संक्रमण जारी रहेको छ भने आइसोलेसनमा ६ हजार २०६ जना संक्रमित छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ७८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै हालसम्म कूल ४ लाख ३५ हजार २८९ वटा पीसीआर विधिबाट परीक्षण भएको छ। आरडिटी परिक्षणको संख्या ३ लाख १२ हजार ४०२ वटा सम्पन्न भएको छ। देशैभरका क्वारेन्टिनमा १० हजार ७९२ जना छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।