प्राइम लाइफ इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमाशुल्क सवा ३ अर्ब माथि

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमाससम्ममा ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ खदु बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९१ करोड २ लाख ३१ रुपैयाँ र बीमालेख धितोमा कर्जामा १ अर्ब १९ करोड ६३ लाख रुपैयाँ लगानी गरी १० करोड ७८ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै कम्पनीको खुद बीमाशुल्क र अन्य आम्दानी बढेपनि नाफा भने घटेको छ। कम्पनीको नोक्सानीका लागि व्यवस्थामा नै ३ करोड बढी तथा व्यवस्थापकीय र अन्य खर्चमा आएको वृद्धिले नाफामा असर पुगेको हो।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १ करोड ४५ रुपैयाँले घटेर २९ करोड ८५ लाख ६४ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आर्थिक वर्षको चौथोे त्रैमाससम्ममा कम्पनीले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ । बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढी जोखिम देखिए नाफा अझै घट्न सक्ने हुन्छ ।

चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वर्षिक १३ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १४५. ५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.१८ गुणा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार भने ३५ करोड ५६ लाख २३ हजार रुपैयाँले घटेर ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले १२.२५ प्रतिशत बोनस वितरण गरेपछि जगेडा कोषको आकार घटेको हो।

त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा ११ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको यसै अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

Particulars  Prime Life Insurance ( Rs in ‘000)
 FY 2076/77 Q4
FY 2075/76 Q4
Difference
Paid Up Capital 2,258,932.00 1,784,835.00 26.56%
Reserve and Surplus 889,823.00 1,245,446.00 -28.55%
Life Insurance Fund 11,476,651.00 8,904,146.00 28.89%
Contingent Fund 139,410.00 123,571.00 12.82%
Net Premium 3,262,598.00 2,867,403.00 13.78%
Income from Investment, Loan and others 910,231.00 773,670.00 17.65%
Claim Payment (Net) 653,207.00 396,870.00 64.59%
Gross Profit 190,217.00 149,332.00 27.38%
Net Profit* 298,564.00 313,097.00 -4.64%
No of Policies 290,538.00 355,744.00 -18.33%
EPS (In Rs.) 13.22 17.54 -24.66%
Net Worth per Share (In Rs.) 145.56 176.7 -17.62%
PE Ratio 40.18 25.03 60.53%

 

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा इन्स्योरेन्सले २ हजार ५४९ दाबी बापत ७१ करोड १ लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २८ दाबी बापतको ५५ लाख ४२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवमा इन्स्योरेन्सको कूल बीमाशुल्क आर्जन रकम ३ अर्ब ३० करोड १ लाख ५१ हजार रहेको छ। हालसम्म १८ अर्ब ४४ करोड ८४ लाख ६८ हजार रहेको छ। इन्स्योरेन्सले हालसाँ १७ लाख ८ हजार ७२१ बीमालेख जारी गरेकोमा २ लाख ९० हजार ५३८ बीमालेख कायम रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।