सेयर बजार

३ दिन पनि टिकेन नेप्सेकाे उकालो यात्रा, २६०० को विन्दुबाट ओर्लियो सूचक


काठमाडौँ । पछिल्लो २ कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । यस दिन नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर २ हजार ५९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज वित्त समूहको उपसूचक १ दशमलव ७५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १ दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक १ दशमलव ३८, होटल तथा पर्यटन १ दशमलव ७९, जलविद्युत् १ दशमलव ७४, लगानी १ दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १ दशमलव ७९, लघुवित्त १ दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव ४१, व्यापार १ दशमलव १८ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।
थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २० करोड ७१ लाख ५५ हजार २६७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर सेयर ७ लाख ९ हजार ८६७ कित्ता किनबेच भएको छ ।