सपोर्ट लघुवित्तको नाफामा २.५३ गुणा सुधार, खराब कर्जामा उल्लेख्य वृद्धि

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ३८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपी कम्पनीको खराब कर्जा अनुपात भने ३.३९ प्रतिशतले बढेर ४.७५ प्रतिशत पुगेको छ।

लघुवित्तले कमाएको यो नाफा गत आर्थिक वर्षको तुलनामा २.५३५ गुणा धेरै हो। अघिल्लो आवमा कम्पनीले ५४ लाख ४९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ६० लाख रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २०.९३ रुपैयाँ पुगेको छ। एक वर्षको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.८५ रुपैयाँ ८५ पैसाले बढेको हो।

जगेडा कोषमा १ करोड ४३ लाख २० हजार वृद्धि गरेर २ करोड ३२ लाख २४ हजार रुपैयाँ सञ्चित राखेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.०५ गुणा छ।

समीक्षा अवधिमा लघुवित्तले १६ करोड ९८ लाख रुपैयाँ निक्षेप र ७३ करोड ८१ लाख रुपैयाँ सापटीबाट ८७ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ। जुन अघिल्लो आवको तुलनामा ४०.८५ प्रतिशत धेरै हो। लघुवित्तको सञ्चालन नाफा पनि ८५ लाख ६४ हजारबाट १५६ प्रतिशत बढेर २ करोड १९ लाख रुपैयाँ पुगेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ साउन २०७७, आइतबार  ०८ : ५५ बजे