शेयर बजारमा लगानी बढाएको नागरिक लगानी कोषको नाफा बढ्यो

0
Shares

अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर बजारमा लगानी बढाएको नागरिक लगानी कोषले १७.३६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कोषले गत आर्थिक वर्षमा ५४ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४६ करोड २३ लाख रुपैयाँ थियो । कोषको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कोषको नाफा ८ करोड रुपैयाँ बढेको हो ।

कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिशन आम्दानी, लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो।

कोषले गत वर्षमा कुल १ अर्ब १५ रुपैयाँ आम्दानी गरेको छ । अघिलो वर्षको सोही अवधिमा आम्दानी ८४ करोड ३२ लाख रुपैयाँ थियो ।

कोषले ब्याज आम्दानी मार्फत ८ करोड २५ लाख, सेवा शुल्क तथा कमिसन मार्फत ८८ करोड १५ लाख तथा ३ करोड ६० लाख लाभांश आम्दानी गरेको छ । कोषको खर्च २२ करोडबाट २७ करोड पुगेको छ ।

कोषले संगठित संस्थाको शेयरमा १० अर्ब ७८ करोड लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको धितोपत्रमा कोषले ६ अर्ब ९३ करोड मात्र लगानी गरेको थियो । कोषले शेयर बजारमा ३ अर्ब ८५ करोड रुपैयाँ लगानी बढाएको छ । कोषको बैंक मौज्दात ६ अर्ब ३ करोडबाट एक अर्ब १५ करोडमा झरेको छ ।

चुक्ता पूँजी बढाएको अनुपातमा कोषको नाफा नबढेपछि प्रतिशेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३३ रुपैयाँमा झरेको छ ।

कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो भने जगेडा कोष ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।