सिद्धार्थ इक्विटी फण्ड (SEF) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको ७.५० प्रतिशत नगद लाभांश वितरण गर्न साउन ३२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको छ ।
यसअनुसार साउन २९ गते बिहीबारसम्म कायम रहने इकाइधनीले मात्र प्रतिफल पाउनेछन् ।
सिद्धार्थ इक्विटी फण्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ७.५० प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । यसअनुसार फण्डको इकाइधनीलाई ११ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण हुनेछ।
धितोपत्रको दोस्रो बजारमा सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ९.७४ रुपैयाँ रहेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया