तीन सातापछि शेयर बजारमा उच्च अंकको उछाल, डेढ अर्ब माथि कारोबार

0
Shares

शेयर बजारमा तीन सातापछि उच्च अंकको उछाल आएको छ। सोमबार नेप्से परिसूचक ३७.७४ अंकले बढेर १४३०.४२ अंकमा पुगेको छ। यसअघि साउन ४ गते आइतबार ८४.२६ अंकले बढेपछि यति ठूलो अंकको वृद्धि हुन सकेको थिएन।

आज कारोबारमा आएका उपसमूहका सूचकमाध्ये म्युचुअल फण्डको सूचक बाहेक ११ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ। निर्जीवन बीमा कम्पनी, होटल, विकास बैंक, लघुवित्तको सूचक ३ प्रतिशत धेरेले बढेका छन्।

कारोबारमा आएका १८९ कम्पनीकामध्ये साधना लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै घोडीघोडा लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंकको ८ प्रतिशत माथि तथा आरम्भ चौतारी, विजय लघुवित्त, आरएसडिसी, प्रुडेन्सियल इन्स्योरेन्स, र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य ७ प्रतिशत धेरैले बढेको छ।

Symbol LTP Point Change % Change
As of 2020-08-10 15:00:00
SDLBSL 479.00 43 9.86
AIL 513.00 46 9.85
GGBSL 875.00 70 8.70
EIC 443.00 35 8.58
SADBL 155.00 12 8.39
ACLBSL 746.00 54 7.80
VLBS 948.00 68 7.73
RSDC 510.00 35 7.37
PICL 487.00 33 7.27
RBCLPO 8,500.00 550 6.92

आज १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर ३४ हजार ६२३ पटक खरीद बिक्री हुँदा १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँको कारोबार भएको छ। ठूला कम्पनीहरुको सूचक माप सेन्सेटिभ इन्डेक्स २.६२ प्रतिशतले बढेर २९८.६४ अंकमा उक्लेको छ।

आजको कारोबारमा नेपाल रि-इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको १ लाख १९ हजार ३०७ कित्ता शेयर ६ करोड ९२ लाख ३ हजार ३३८ रुपैयाँमा खरीद बिक्री भयो।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७५ लाख, अजोड इन्स्योरेन्सको ४ करोड ८२ लाख, एनआर्ईसी एशिया बैंकको ४ करोड ७९ लाख, एनएमबि बैंकको ३ करोड १७ लाख, एभरेष्ट इन्स्योरेन्सको ३ करोड ११ लाख, नेपाल बैंकको ३ करोड ९ लाखको शेयर कारोबार भएको छ। नबिल बैंकको २ करोड २३ लाख, हिमालय डिष्टिलरीको २ करोड २० लाख, र मेगा बैंक नेपालको १ करोड ६२ लाखको शेयर कारोबार भएको छ।

Symbol Turnover Closing Price
As of 2020-08-10 15:00:00
NRIC 69,203,338.00 589.00
NLIC 57,574,365.00 1,356.00
AIL 48,289,065.00 513.00
NICA 47,921,197.00 573.00
NMB 31,798,876.00 427.00
EIC 31,138,793.00 439.00
NBL 30,971,281.00 272.00
NABIL 22,386,715.00 832.00
HDL 22,042,540.00 1,705.00
MEGA 16,261,684.00 229.00

यता सोमबारको कारोबारमा दिब्यश्वरी हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ५.७० प्रतिशतले गुमाएका छन्। यस्तै गुराँस लघुवित्त ४.७६, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत धेरैले घट्दा जानकी फाइनान्स, मञ्जुश्री फाइनान्स, एनएमबि ५०, र आँखुखोदा जलविद्युत कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि २ प्रतिशतका दरले गुमाएका छन्।

Symbol LTP Point Change % Change
As of 2020-08-10 15:00:00
DHPL 49.98 -3.02 -5.70
GLBSL 880.00 -44.00 -4.76
KKHC 49.00 -2.00 -3.92
BFC 98.00 -4.00 -3.92
GHL 56.00 -2.00 -3.45
JOSHI 57.00 -2.00 -3.39
JFL 162.00 -4.00 -2.41
MFIL 279.00 -6.00 -2.11
NMB50 9.56 -0.19 -1.95
AKJCL 52.00 -1.00 -1.89

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १५ : २७ बजे