सोल्टी होटलको बोनस वितरण, कागजी शेयर अभौतिकीकरण गर्न आग्रह

0
Shares

सोल्टी होटल लिमिटेड (SHL) ले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएको १५ प्रतिशत बोनस शेयर जम्मा गरेको छ ।

होटलले साउन २३ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो।

होटलको २०७६ पुस २४ गते सम्पन्न ४५ औं वार्षिक साधारण सभाबाट १५ प्रतिशत बोनस र ११.३१ प्रतिशत नगद लाभांश पारित भएको थियो।

साधारण सभाबाट पारित नगद लाभांश भने बुकक्लोज (मंसिर २४ गते) सम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत माघ २३ गतेदेखि नै पठाइसकेको छ।

होटलको उक्त १५ प्रतिशत बोनस साउन २१ गते नेप्सेमा सूचीकृत भएको थियो। होटलले सोही शेयर मंसिर २४ गतेसम्म डिम्याट गराएका शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा पठाएको हो ।

हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरेपछि मात्र बोनस शेयर जम्ममा हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।